ललितपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

ललितपुरमा ठोस्ने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

कोन्जोसोम गाउँपालिका–३ सिलिंगेबेँसीस्थित ठोस्ने खोलाले बगाएर सोही गाउँपालिका–१, दलचोकी बस्ने काभ्रे पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे २ वर्षीया प्रिन्सिका भण्डारीको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबारदेखि हराइरहेकी बालिकाको खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रुखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको हो।

सुझावित समाचार