आइसिसी मेन्स क्रिकेट वर्ल्डकप छनाेटअन्तर्गत लिग– २ को तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।
क्यानडामा हुने त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली टोली सोमबार बिहान भारत लागेको हो। टोलीले बेंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमी (एनसिए)मा दुई हप्ता प्रशिक्षण गर्नेछ।
यस प्रशिक्षणले खेलाडीको प्राविधिक पक्षहरूमा योजना बनाउन सहयोग पुर्याउने विश्वास लिएको क्यानले जनाएको छ।