बंगलादेशको राजनीतिक हिंसा र शेख परिवार

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

दक्षिण एसिया एक हदसम्म राजनीतिज्ञ र शासकका लागि क्षमाशील छ । जबसम्म सरकारहरू आफ्ना राजनीतिक र वैचारिक प्रतिद्वन्द्वीसँग मात्र युद्धमा देखिन्छन्, मतदाताले वास्ता गर्न सक्दैनन् । जब आक्रमण नागरिकको ढोकामै पुग्छ, उनीहरू जाग्छन् ।

बंगलादेशमा एक महिनाको रक्तपातपछि विश्वमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महिला सरकार प्रमुखहरूमध्येकी एक शेख हसिना वाजेदले पदत्याग गरिन् । आगामी दिनमा उनको राजनीतिक जीवनमा पूर्ण रूपमा उलटफेर आउने निश्चित छ । बंगलादेशबाट भागेर भारत पुगेकी पूर्वप्रधानमन्त्री हसिना बेलायतमा निर्वासनमा जाने प्रयासम छिन् । सन् १९७० मा विभाजनअघिको पाकिस्तानमा भएको संसदीय चुनाव निर्णायक जित हासिल गर्दा पनि पश्चिम पाकिस्तानको संस्थापनद्वारा अपमानित हसिनाका पिता शेख मुजिबुर रहमानले स्वतन्त्रताका लागि आह्वान गरे । एक वर्षको रक्तपातपछि बंगलादेश अस्तित्वमा आयो, तर केही समयपछि नै रहमान मारिए । 

स्वतन्त्रता सौन्दर्यको विषय हो । यो भयानक पनि हुन्छ किनकि हिंसाविना यो बिरलै अस्तित्वमा आउँछ । सन् १९७१ को मार्चमा पाकिस्तानका तत्कालीन राष्ट्रपति याह्या खानले पाकिस्तान नेसनल एसेम्ब्ली भंग गरे । त्यसपछि रहमान मुजिबुरका समर्थकले आन्दोलनको आह्वान गर्नुअघि नै ३०० भन्दा बढी जातीय बंगालीको हत्या गरियो । एक महिनाभित्र पाकिस्तानको संस्थापनले पूर्वीपाकिस्तानमा अबामी लिग समर्थकको हत्या गर्न ‘अप्रेसन सर्चलाइट’ अभिययान सुरु ग¥यो । षड्यन्त्र र अशान्तिलाई दण्ड दिन उक्त घटनालाई राज्यको वैधानिक कार्यको रूपमा दर्ज गरियो ।

रहमानका साथीहरू उनी विरुद्ध उभिएपछि हसिना र उनका परिवारका केही सदस्यलाई सन् १९७५ मा भारतीय सेनाले उद्धार गरेका थिए । सोही वर्षको १५ अगस्टमा रहमानको आफ्नै घरमा श्रीमती, भाइ र छोरासहित परिवारका ६ जनाको हत्या भएको थियो । एक समय मसिहाको रूपमा प्रशंसा गरिएका रहमानले भ्रष्टाचार, नातावाद र सन् १९७४ को अनिकालमा कुप्रबन्धन, पक्षपात गरेको भन्दै धेरै आलोचनाको सामना गर्नुपरेको थियो । उनीमाथि कुनै वेला आफू स्वयंले चर्को विरोध गरेकोे तानाशाहमा रूपान्तरण भएको आरोप लागेको थियो । यो शेख हसिनाको इतिहास र विरासत हो । सुरक्षाका लागि बंगलादेशबाट भाग्दा हसिनालाई फेरि एकपटक त्यसको सम्झना हुन सक्छ ।

सत्तारुढ र विपक्षीबीचको हिंसा
आफ्नो स्थापनाकालदेखि नै बंगलादेशले सत्तारुढ अबामी लिग र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीको चुनावी हिंसा देखेको छ । चुनावी प्रक्रियालाई लिएर स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने बंगलादेशको क्षमताबारे चिन्ता बढेको छ । सन् २०२४ को निर्वाचनमा दुई दलका समर्थकबीचको झडपको संख्या सन् २०१८ को चुनावको तुलनामा तीन गुणाले बढ्यो । प्रधानमन्त्रीको रूपमा हसिनाको लगातार चौथो कार्यकाल कुनै पनि हिसाबले सहज हुनेवाला थिएन । सबैले अनुमान गरेझैँ चुनावी परिणामको बिएनपी र अन्य विपक्षी दलहरूले विरोध गरेका थिए । हसिनाले कुनै पनि चतुर राजनीतिज्ञले जस्तै आरोपको ‘ह्यान्डल’ गरिन् ।

सरकारी जागिरमा आरक्षणलाई लिएर विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनको सुरुवात हसिनाका लागि जोखिमपूर्ण बिन्दु बनेको थियो । दक्षिण एसिया एक हदसम्म राजनीतिज्ञ र शासकका लागि एकदम क्षमाशील छ । जबसम्म सरकारहरू आफ्ना राजनीतिक र वैचारिक प्रतिद्वन्द्वीसँग मात्र युद्धमा देखिन्छन्, मतदाताले वास्ता गर्न सक्दैनन् । जब आक्रमण उनीहरूको ढोकामा पुग्छ, मानिसहरू जाग्छन् । उनीहरू सधैँ शासकलाई पराजित गर्न सफल नहुन सक्छन्, तिनीहरूले आफ्नो अभिप्रायः भने महसुस गर्छन् ।

त्यसकारण बंगलादेशमा नागरिक अशान्ति दुई ठूला पार्टीबीचको ऐतिहासिक राजनीतिक झगडा लोकतन्त्रका लागि वास्तविक चिन्ताको विषय हो । तथाकथित ‘बंगलादेश मोडेल’लाई धर्मनिरपेक्ष गणतन्त्र भारतको संस्थापनले स्वागत गरेको छ । तर, अबामी लिगले सबै प्रकारका असहमति र असन्तुष्टिलाई अस्वीकार गर्न धर्मनिरपेक्षताको कार्डको प्रयोग गरिरहेको भन्ने चिन्ता छ । 

शेख परिवारले सबै सम्भावित दृष्टिकोणबाट अहिले यो सबै देखेको र अनुभूति गरेको छ । उनीहरू उत्पीडित र उत्पीडक दुवै हुन् । सिकार र सिकारी पनि दुवै । बंगलादेशका लागि यो निकै परिचित क्षण हो । र, यो भारतका लागि दुवै परिचित र सत्य क्षण हो । कारण र मेलमिलाप असफल हुँदा क्रुर र रक्तपातपूर्ण शासन परिवर्तन अपरिहार्य हुन्छ । नयाँ शासन सधैँ अपेक्षाअनुरूप नहुन सक्छ, यो अझ खराब हुन सक्छ ।  

– एनडिटिभीबाट

सुझावित समाचार