देउती सोप एन्ड केमिकल्स प्रालिको ‘भेरी रिठ्ठा पात’ ब्रान्ड डिटरजेन्ट पाउडर उत्पादन

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

नेपालगन्जस्थित देउती सोप एन्ड केमिकल्स प्रालिले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले सोमबार नेपालगन्जमा एक कार्यक्रम गरी नयाँ ब्रान्ड सार्वजनिक गरेको हो । 

कम्पनीका सञ्चालक यज्ञबहादुर ओली र बिजनेस हेड सिए टोपबहादुर शाहीले भेरी रिठ्ठापात डिटरजेन्ट पाउडर एक सय ५० ग्रामदेखि चार किलोसम्मको प्याकेटमा बजारमा उपलब्ध गराएको जानकारी दिए।

कपडाबाट पसिना, माटो, खानेकुरालगायतको दाग हटाउने मामिलामा प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल रहेको यो डिटरजेन्ट पाउडरमा कलर प्रोटेक्सन टेक्नोलोजी प्रयोग गरिएको उनले बताए । उक्त टेक्नोलोजीले कपडाको रङ उड्ने र फिका हुँदै जाने समस्या आउन नदिने कम्पनीको दाबी छ । 

यसमा रहेको जर्म फाइटरले कपडालाई कीटाणुरहित बनाउँदै सफाइको स्तर उकास्ने कम्पनीका बजार व्यवस्थापक शालिकराम कँडेलले बताए । देउती सोप एन्ड केमिकल्सले यशोदा ब्रान्डमा डिटरजेन्ट पाउडर, भेरी ब्रान्डमा लुगाधुने साबुन, हर्बल डिटरजेन्ट केक र डिसवास बार उत्पादन गर्दै आएको छ । भेरी ब्रान्डमा डिटरजेन्ट पाउडर पनि कम्पनीले उत्पादन एवं बिक्री–वितरण गर्दै आएको छ । 
 

सुझावित समाचार