पेरिस ओलम्पिक : अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिकमा अमेरिका २४ स्वर्ण, ३१ रजत र ३१ कांस्यसहित सबैभन्दा बढी ८६ पदक जितेर अंक–तालिकामा शीर्ष स्थानमा रहेको छ। 

चीन, अस्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन्।

दोस्रोमा चीनले  २२ स्वर्ण, २१ रजत र १६ कांस्यसहित कुल ५९ पदक हात पारेको छ भने अस्ट्रेलियाले १४ स्वर्ण, १२ रजत र नौ कांस्य पदकसहित कुल ३५ पदक जित्दै अहिलेसम्मको पदक–तालिकामा तेस्रो स्थान हासिल गरेको छ।

त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कांस्यसहित ४८ पदक जितेको छ भने पाँचौँ स्थानमा बेलायतले १२ स्वर्ण, १५ रजत र १९ कांस्यसहित कुल ४६ पदक जितेको छ।

पदक–तालिकामा छैटाैँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २६ पदक जितेको छ भने जापानले ११ स्वर्ण, ६ रजत र १२ कांस्यसहित २९ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र सात कांस्यसहित कुल २६ पदक जितेको छ भने नेदरल्यान्ड्सले आठ स्वर्ण, पाँच रजत र ६ कास्यसहित कुल १९ पदक जित्दै नवौँ स्थानमा रहेको छ। जर्मनी आठ स्वर्ण, पाँच रजत र चार कांस्यसहित कुल १७ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ।

सुझावित समाचार