प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिजनेस एक्सिलेन्स समिट– २०८१ सम्पन्न गरेको छ । कम्पनीले देशैभर फैलिएका शाखाका शाखा प्रमुख र उच्च व्यवस्थापकको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम १८–२० साउनसम्म चितवन, नारायणगढमा सञ्चालन गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे भने नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुखलाई सम्मान गरिएको थियो । कम्पनीका सिइओ सन्तोष प्रसाईंले कार्यसम्पादनमा आउन सक्ने चुनौतीलाई अवसरका रूपमा परिणत गरी अगाडि बढ्न हौसला प्रदान गरे ।
त्यस्तै, कम्पनीका नायब महाप्रबन्धक सोनबहादुर मगरले आगामी वर्षको व्यावसायिक रणनीति, बिक्री कला, बिमा बजारलगायत समग्र बिमा क्षेत्रका बारेमा जानकारी गराए । साथै, कम्पनीका ब्रान्ड एम्बासडर कलाकार मनोज गजुरेलको प्रस्तुतिसमेत रहेको थियो ।