नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ६ सहामार अम्चुरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको छ।
युपी ५६ ९२१२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट ३० मिटर तल अम्चुर खोलामा खस्दा भारतीय नागरिकको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलचालक भारतको महाराजगन्ज निचलौलनिवासी ४० वर्षीय प्रकाश भारतीयको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको पौडेलले बताए।
दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार भारतको निचलौलनिवासी २८ वर्षीय अशोक राजभर घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको र अहिले जिल्ला अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।