खोकनाको जग्गामा राजनीतिसँगै अरू चिज पनि मिसिएको छ : प्रधानमन्त्री ओली

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले खोकनाको जग्गामा राजनीति मात्रै नभई अरू नै चिज पनि मिसिएको दाबी गरेका छन्।

काठमाडौं–तराई द्रुतमार्गअन्तर्गतको घट्टेपाखा–धेद्रे सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’पछि सम्बोधन गरेका प्रधानमन्त्री ओलीले खोकनाको जग्गामा राजनीति मात्र नभई अरू नै चिज पनि मिसिएको दाबी गरेका हुन्।

‘खोकनाको जमिनमा पोलिटिक्स मात्रै होइन, अरू पनि के–के चिज मिसिएको छ, हामी बुझिरहेका छौँ,’ उनले भने।

प्रधानमन्त्री ओलीले काठमाडौं–तराई द्रुतमार्गमा आउने समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै काम छिटो अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिए। 

त्यसअघि उनले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाखा–धेद्रे सुरुङको स्विच थिचेर ‘ब्रेक थ्रु’ गरेका थिए।

सुझावित समाचार