युरोपेली संघ-नेपाल सम्बन्धका ५० वर्षको उत्सवमा फोटो प्रदर्शनी

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण
युरोपेली संघ-नेपाल सम्बन्धका ५० वर्षको उत्सवमा फोटो प्रदर्शनी

तस्बिर : संजित परियार/नयाँ पत्रिका ।

युरोपेली संघ र नेपालबीचको सम्बन्ध ५० वर्ष पूरा भएको सन्दर्भमा काठमाडौंमा फोटो प्रदर्शनी सुरु भएको छ। 

५०औँ वार्षिकोत्सवलाई सम्झन युरोपेली संघको नेपाल प्रतिनिधिमण्डलले चारजना युवा नेपाली फोटोग्राफरहरूलाई तस्बिरमार्फत मित्रताको दृष्टिकोण अभिव्यक्त गर्न चयन गरेको थियो।

तिनै फोटोग्राफरहरूले विभिन्न समयमा मित्रता, प्रजातन्त्र, मानव अधिकार र दिगो विकासका साझा मूल्यहरूलाई प्रतिविम्बित गर्दै कैद गरेका तस्बिरहरू नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी भएका हुन्।

प्रदर्शनीले नेपालको शिक्षा, स्वास्थ्य, दिगो विकास र सांस्कृतिक सम्बन्धमा युरोपेली संघको योगदानलाई जोड दिएको छ। फोटोग्राफरहरूले यस परियोजनाको क्रममा परामर्शदाताहरूको मार्गदर्शनमा नेपालभर यात्रा गरी आफ्नो कथाहरू अभिव्यक्त गरेका छन्। एउटा फोटोग्राफरले युरोपेली संघ नेपाल सम्बन्धलाई उत्कृष्ट रूपमा चित्रण गरेबापत एक प्रमुख पुरस्कार प्राप्त गर्नेछन् ।

युरोपेली संघको नेपाल प्रतिनिधिमण्डल र नेपाल कला परिषद्को सहकार्यमा आयोजित यो प्रदर्शनी नेपाल कला परिषद्, बबरमहलमा ३ अगस्टदेखि १६ अगस्ट २०२४ सम्म सञ्चालन हुनेछ। 

सुझावित समाचार