पहिरोमा पुरिएर रोल्पामा एकाघरका दुईको मृत्यु

शनिबार, १९ साउन, २०८१
डिजिटल संस्करण

रोल्पामा पहिरोमा पुरिएर एकै घरका दुईजनाको मृत्यु भएको छ। जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ४ सिउरी कामीडाँडाका ६५ वर्षीया बसुना सुनार र उनकी नातिनी चारवर्षीया माया सुनारको मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।

गएराति करिब ४ बजेतिर पहिरोमा देउसिंह कामीको १ तले कच्ची घर पहिरोमा पुरिएको खबर पाएलगत्तै प्रहरी चौकी सिउरीबाट प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाको नेतृत्वमा ४ जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो। लगातारको वर्षा र पहिरो झरिरहेका कारण उद्धारमा समस्या परेको प्रहरीको भनाइ छ।

पुरिएको घरबाट शनिबार बिहान दुईजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। देउसिंह कामी र उनकी पत्नी पनि उक्त दिन घरमा नभएको बुझिएको छ।
 

सुझावित समाचार