अरिँगालले टोकेर युवकको मृत्यु

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

गुल्मीमा अरिँगालले टोकेर एक युवकको मृत्यु भएको छ। अरिँगालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐ २ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घरनजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिँगालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो ।

अरिँगालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।
 

सुझावित समाचार