मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट खसेर मजदुरको मृत्यु

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

पूर्वी नवलपरासीको गैँडाकाट नगरपालिका– १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारका एकजना मजदुरको चार तलाबाट खसेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति बाराको जितपुर उपमहानगरपालिका– २० निवासी २२ वर्षीय युवक गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो । प्रहरीलाई आज बिहान मात्र खबर भएको थियो । 

मौलाकालिका केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको चार तलाबाट खसेर सोही भवनमा लेबर काम गर्ने मजदुरको मृत्यु भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।

सुझावित समाचार