सहकारी ठगीको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका– ३ का सिद्धार्थ तातेडलाई जिल्ला अदालत सप्तरीले थुनामा राख्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश संजीव पोखरेलको इजलासले राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेडलाई पुर्पक्षका लागि थुनामा राख्न अनुमति दिएको हो।
बचतकर्ताको रकम फिर्ता नगरेपछि राजविराज- ३ का वडासदस्यसमेत रहेका तातेडविरुद्ध ४६ बचतकर्ताले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए। प्रहरीले घटनाको अनुसन्धान गरी तातेडसहित १२ जनालाई प्रतिवादी बनाएर १९ साउन ०८० मै मुद्दा दर्ता गरेको थियो।
त्यसको एक वर्षपछि उनी पक्राउ परेका हुन्। अन्य ११ जना अझै फरार छन्।