तोलामा चार सयले बढ्यो सुनको मूल्य

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु. एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, बुधबार प्रतितोला रु. एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि भने  एक लाख ४५ चार सय निर्धारण भएको छ । उता, चाँदीको मूल्य तोलामा  १० रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार ७५० रुपैयाँ  निर्धारण भएको छ । 

See More On

सुझावित समाचार