प्रिन्स अन्तिम खेलमा पनि पराजित

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकको समूह चरणका तीनै खेलमा पराजित भएका छन्। 

उनी बुधबार फ्रान्समा भएको समूह ‘पी’को अन्तिम खेलमा इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सेटमा पराजित भए। प्रिन्स २१–१२, २१–१० ले पराजित भएका हुन्। 

यसअघि प्रिन्सले डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग समान २–० सेटको हार व्यहोरेका थिए। प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर पाएका हुन्।

प्रिन्ससँगै ६ नेपाली खेलाडी एकै खेल नजितेर घर फर्किएका छन्। टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन्।

अब, एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ।

सुझावित समाचार