‘बिज सधैँ अन’ ग्राहकका लागि एनसेलले ल्यायो ‘लायन्सगेट प्ले’

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

एनसेलले ‘सधैँ अन’प्रतिको प्रतिबद्धताबमोजिम ‘बिज सधैँ अन’का ग्राहकलाई गुणस्तरीय कन्टेन्ट प्रदान गर्नका लागि लायन्सगेट प्लेसँग सहकार्यको थालनी गरेको छ । लायन्सगेट प्ले लायन्सगेट इन्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा दर्शकलाई बाँधिराख्ने खालका फ्रान्चाइजी, प्रिमियरलगायता थुप्रै प्रिमियम कन्टेन्टको ठूलो लाइब्रेरी रहेको बताइएको छ ।

यस सहकार्यको उद्देश्य ‘बिज सधैँ अन’का ग्राहकलाई विशेष सामग्री पहुँच दिई उनीहरूको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु रहेको कम्पनीले जनाएको छ । ‘लायन्सगेट प्ले हाम्रा ‘बिज सधैँ अन’का ग्राहकका लागि एकदमै विशेष अफर हो । एक प्रकारले यो एक विशेष टिकट नै हो, जसले हाम्रा ग्राहकलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीमध्येको एक लायन्सगेटको बृहत् संग्रहमा पहुँच दिन्छ,’ एनसेलका हेड अफ बिजनेस सोलुसन्स रञ्जन शर्माले भने, ‘स्ट्रिमिङ पार्टनरका रूपमा लायन्सगेटसँग सहकार्य सुरु भएपछि हालसम्म हामीले हाम्रा बिज सधैँ अनका ग्राहकबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौँ ।’

लायन्सगेट प्लेले विभिन्न विधामा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीमा पहुँच प्रदान गर्छ । यसमा हलिउडका हिट फिल्मदेखि लिएर, टिभी सो, लायन्सगेट ब्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरू, वृत्तचित्र, बालबालिका र पारिवारिक सामग्री तथा अन्तर्राष्ट्रिय चलचित्र रहेका छन् ।

See More On

सुझावित समाचार