आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव ०७३/७४ मा पाँचवटा, ०७४/७५ मा चारवटा, ०७५/७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । आव ०७६/७७ मा एउटा, ०७७/७८ मा एउटा, ०७९/८० मा एउटा र ०८०/८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव ०७३/७४ मा १४, ०७८/७९ मा चार र ०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन् । 
 
उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारीसाधन दुर्घटना भएका थिए । आव ०७३/७४ देखि आव ०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।  

सुझावित समाचार