सन् १९३२ : लस एन्जलसमा दसौँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन । लस एन्जलस सहरले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको यो दोस्रोपटक थियो ।
सन् १९५६ : ‘परमेश्वरमा हामी भरोसा गर्छौं’ भन्ने वाक्यांश कानुनी रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आदर्श वाक्य बन्यो ।
सन् १९८० : इजरायली संसद् नेसेटद्वारा जेरुसेलमसम्बन्धी कानुन पारित । कानुनले जेरुसेलमलाई इजरायलको एकीकृत राजधानी घोषणा गर्यो ।
सन् १९८० : भानुआटुले स्वतन्त्रता प्राप्त गर्यो । स्वतन्त्र हुनुअघि भानुआटु गणतन्त्र फ्रान्स र बेलायतको अधीनमा थियो ।
सन् २००२ : प्रिटोरिया सम्झौतामा हस्ताक्षर । दोस्रो कंगो युद्ध समाप्त गर्ने प्रयासस्वरूप कंगो प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) र रुवान्डाबीच प्रिटोरिया समझौता गरिएको थियो ।