वर्ल्डलिंक कम्युनिकेसनले दुईमा चार अफर ल्याएको छ । एकैपल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबिपिएस गतिको इन्टरनेट मासिक सात सय ५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्यसमेत सस्तो पर्ने दुईमा चार अफर ल्याएको जनाएको छ ।
कम्पनीको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २० प्रतिशत छुट पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुईवटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेटटप बक्ससमेत सित्तैमा पाउन सक्नेछन् । यसका लागि ग्राहकले भ्याटबाहेक १७ हजार नौ सय ९० रुपैयाँ तिर्नुपर्नेछ ।
यसैगरी, २५० एमबिपिएस र ३०० एमबिपिएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज ल्याएको छ । जसको मूल्य क्रमशः १९ हजार चार सय ९० रुपैयाँ र २२ हजार दुई सय ९० रुपैयाँ राखिएको छ । यद्यपि, २००, २५० र ३०० एमबिपिएस गतिका प्याकेज रोजाइअनुसार तीन, ६ वा १२ महिनाको लिन सकिनेछ ।