विद्यालयस्तरीय जुनियर बक्सिङ : चन्दन र रोहित फाइनलमा

राष्ट्रव्यापी जुनियर विद्यालय स्तरीय बक्सिङको ४६ केजी तौल समूहको सेमिफाइनलमा चन्दन शाहीले सक्षम लामालाई ५–० ले हराए

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरीय छात्र र छात्रा बक्सिङ च्याम्पियनसिपअन्तर्गत जुनियर छात्रतर्फ ४६ किलो तौल समूहमा बाँकेका चन्दन शाही फाइनलमा पुगेका छन् । शाहीले आइतबार भएको स्पर्धामा नक्सालका सक्षम लामालाई ५–० अंकका आधारमा पराजित गरी अन्तिम दुईमा स्थान पक्का गरेका हुन् । सोही तौल समूहमा अछामका रोहित जनालाले डिजी बक्सका रितेश महतोलाई ५–० अंकका आधारमा हराए । जुनियर ४८ किलो तौल समूहमा दाङका लोकेश पुनले भक्तपुरका भास्कर खड्कालाई ४–१ अंकका आधारमा हराए । अल्फाका कमल गुरुङले फाइटका वाङजुक्ला भोटेलाई ५–० अंकले पराजित गरेका छन् ।

जुनियरतर्फको ५० किलो तौल समूहमा ललितपुरका स्वभाव थापाले सुनसरीका विधान श्रेष्ठलाई पहिलो राउन्डमै आरएसीका आधारमा हराए । फाइटका छिरिङ दोर्जे शेर्पाले बाँकेका नवीन सिंहलाई आरएसीका आधारमा पराजित गरे । ५२ किलो तौल समूहमा भूमिका सरोज तामाङले एबिसीका मुस्कान राईलाई निराश पारे । ५४ किलो तौल समूहमा दाङका तुल्सीराम बुढाथोकीले एचटुओका विवेक मगरलाई ५–० अंकका आधारमा निराश पार्दै फाइनल स्थान सुरक्षित गरेका छन् । सोही तौल समूहमा झापाका अनवास बुढाथोकीले एबिसीका पेमनुरु शेर्पालाई नकआउट गरी अन्तिम दुई स्थान पक्का पारे ।

५७ किलो तौल समूहमा अछामका विनोद नागार्जेले बोसीगाउँका करण मालीलाई ५–० ले हराए । सोही तौल समूहमा भाइबका मिसन गुरुङले भक्तपुरका गौरव वानलाई आरएसीका आधारमा पराजित गरी फाइनलको स्थान पक्का गरे । ६० किलो तौल समूहमा सेरप गेल्चेन शेर्पाले भाइबका सज्जन राईलाई ५–० अंकका आधारमा पराजित गरी फाइनलमा आफ्नो स्थान हासिल गरे । 

सोही तौल समूहमा सिजिजीका सिजन घलेले बोसीगाँउका मीनबहादुर खामचालाई वाकओभरका आधारमा हराए । ६६ किलो तौल समूहमा उदयपुरका रोजन मगरले बोसीगाउँका तपेश अधिकारीलाई आरएसीका आधारमा पराजित गरी फाइनलमा स्थान पक्का गरे ।

प्रदीप पहिलो
यसैगरी, स्कुल छात्रतर्फ  ३३ किलो तौल समूहमा ललितपुर बक्सिङ एकेडेमीका प्रदीप नेपालीले एचटुओका अनुज दुग्गुजलाई युनानिमस ५–० को आधारमा हराउँदै पहिलो स्थान रक्षा गरे । ४० किलो तौल समूहमा आरडिएसका प्रवीण थापाले अल्फाका प्रिन्स थापालाई निराश पार्दै उपाधि जिते ।

४३ किलो तौल समूहमा अछामका रोशन विकेले भूमिका रोजन गहतराजलाई दोस्रो राउन्डमै आरएससीका आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । ४६ किलो तौल समूहमा एबिसीका अनिश राईले सुनसरीका कुञ्जन थापालाई दोस्रो राउन्डमै आरएससीका आधारमा हराए । ४९ किलो तौल समूहमा भाइबका सम्पूर्ण अधिकारीले ५–० को जित निकाल्दा उदयपुरका अभिषेक बस्नेत फाइनलमा पराजित भए । ५२ किलो तौल समूहमा केबिएका अंकित कार्कीले भक्तपुरका अलिस ताव्यानलाई ५–० को युनानिमस डिसिजनका आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

See More On

सुझावित समाचार