भोलि बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने सरकारको निर्णय

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

विमान दुर्घटनामा भएको मानवीय क्षतिको शोकमा श्रावण १० गते बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यसैगरी, आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्नुपर्ने सरकारले निर्णय गरेको छ।

सुझावित समाचार