दानको ठूलो महत्त्व छ, मिर्गौला दान पाएरै अहिलेसम्म जीवित छु : प्रधानमन्त्री ओली

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभई वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताएका छन्। डा. अजयक्रान्ति शाक्यको पुस्तक ‘बुद्धका मौलिक दर्शन’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपाल बुद्धको जन्मथलो मात्रै नभई बुद्ध दर्शनको थालनी भएको देश पनि रहेको उल्लेख गर्दै उनले नेपाललाई  शान्तिको देशका रूपमा चिनाउनुपर्नेमा जोड दिए।

नेपालबाट बुद्ध दर्शनलाई कमजोर हुन नदिने बताउँदै ओलीले बुद्धको शिक्षाको विस्तार गर्नुपर्ने धारणा राखे। बुद्ध दर्शनमा उल्लेखित दानको ठूलो महत्त्व हुने भन्दै उनले आफूले मिर्गौला दान नपाएको भए अहिले जीवित रहेको नहुने बताए।

प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममा प्रशन्न भएर आउने चाहना भए पनि जहाज दुर्घटनाका कारण भारी मन लिएर आएको भन्दै सम्बोधन सुरु गरेका थिए। मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले जहाजका घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गरेका छन्।

सुझावित समाचार