एआई पोट्रेट मास्टर अनर २०० सिरिज अब फ्यान विशेष अफरहरूको साथमा

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

प्रिमियम हार्कोर्ट पोट्रेटका लागि प्रख्यात अनर २०० सिरिज अब खरिदका लागि नेपाली बजारमा उपलब्ध छ। सेल्ट्रोन नेपालले अनर २०० सिरिज लन्च गर्नका लागि फरक तरिका ल्याएको छ । सामान्य लन्चको सट्टा धेरै आश्चर्यजनक अफरहरूको साथमा नेपालभरि आजदेखि उपलब्ध भएको छ।

यसले अनर च्वाइस वाच, च्वाइस एअरबड्स×५ र सबै उपहारहरूसहित सात दिनसम्म प्रि–बुकिङ प्रदान गर्दै आएको थियो भने आफ्ना फ्यानहरूको अनुरोधका कारण अनर नेपालले प्रि–बुकिङपछि पनि यी उपहारहरू उपलब्ध गराउने  भएको छ। यो अफर २४ जुलाईदेखि ३१ जुलाईसम्म मान्य हुनेछ।

अनर २०० सिरिजले पेरिसको सबैभन्दा महँगो र कालातित स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरेको छ, जसमा एउटा फोटोसुटका लागि २००० युरो लागत पर्दछ। यस सहकार्यबाट अनरले तीनवटा हार्कोर्ट पोट्रेट मोडको साथमा उत्कृष्ट एआई पोट्रेट प्रदान गर्न सक्षम हुनेछ।

अनर २०० सिरिजमा ५० एमपी पोट्रेट मुख्य क्यामेरा छ जुन उन्नत हार्डवेयर र एआई (सञ्चालित सफ्टवेयरले सुसज्जित छ। जसले कुनै पनि प्रकाश अवस्थाहरूमा आश्चर्यजनक तस्बिरहरू खिच्दछ। सुपर डायनामिक एच९००० सेन्सर र 4-in-1 पिक्सेल बिनिङ टेक्नोलोजीको साथ, कम प्रकाश परिदृश्यहरूले पनि जटिल विवरणहरू प्रकट गर्दछ।

थप रूपमा ५० एमपी पोट्रेट टेलिफोटो क्यामेरा, अनुकूलित सोनी सेन्सरद्वारा सञ्चालित, टाढाका विषयहरूको स्पष्ट र विस्तृत सटहरू सुनिश्चित गर्दछ। अगाडि भने ५० एमपी सेल्फी क्यामेरा उपलब्ध छ।

अनर २०० र २०० प्रो, ५२०० mAh सिलिकनकार्बन ब्याट्रीले भरिएको छ जसले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम बनाउँछ। दुवैले १०० वाट चार्जिङ समर्थन गर्दछ भने २०० प्रो ले ६६ वाटको वायरलेस चार्जिङलाई पनि समर्थन गर्दछ।

सुझावित समाचार