टिभिएसको नयाँ सोरुम बनेपामा

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

टिभिएसको नयाँ सोरुम बनेपामा सञ्चालनमा आएको छ । निर्वेद मोटर्सले बनेपामा नयाँ सोरुम उद्घाटन गरेको हो । सोरुमको उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले गरेका हुन् ।

नयाँ सोरुमले टिभिएसका विभिन्न मोडेल उपलब्ध गराउनुका साथै सवारीसाधन प्रदर्शन, स्पेयर पार्टस् र सवारीसाधन मर्मत–सम्भारसहितका सेवा प्रदान गर्नेछ । बनेपामा टिभिएस उत्साहीलाई उच्चस्तरका उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता निर्वेद मोटर्सका सञ्चालक रूपेश श्रेष्ठले बताए । नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको छ । 

सुझावित समाचार