एसिसी महिला एसिया कप: नेपाललाई भारतले दियो १७९ रनको विशाल लक्ष्य

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

एसिसी महिला एसिया कप टी–२० क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतीय टोलीले नेपाली महिला टोलीलाई एक सय ७९ रनको विशाल लक्ष्य दिएको छ।

श्रीलंकाको डम्बुलास्थित रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७८ रनको विशाल योगफल तयार पारेको हो।

पहिलो विकेटका लागि ओपनर सफाली बर्मा र डेलायन हेमालताले १ सय २२ रनको साझेदारी गरे। सफालीले ८८ र हेमलताले ४७ रन बनाइन्। 

दुवैलाई नेपाली अलराउन्डर सीता रानामगरले आउट गराइन्।

सुझावित समाचार