एनआइसी एसिया लघुवित्तको सिइओमा जोशी

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

एनआइसी एसिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको प्यारेन्ट कम्पनी एनआइसी एसिया बैंकबाट डेपुटेड भई ०७७ कात्तिक ४ देखि संस्थाको सिइओ रहेका लक्ष्मण चालिसेलाई फिर्ता बोलाइएपछि सञ्चालक समितिले जोशीलाई सिइओ नियुक्त गरेको हो ।

बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं ७ का स्थायीनवासी जोशीको कार्यकाल सोमबारबाट लागू भएको छ । उनको अवधि चार वर्षको हुनेछ । नवनियुक्त सिइओ जोशीले संस्थाका अध्यक्ष प्रकाशराज शर्मासमक्ष शपथग्रहणसँगै पदभार ग्रहण गरेका छन् । 

लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका जोशी मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर हुन् । उनको दूरदर्शी नेतृत्व तथा कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरूमाझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाका रूपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने विश्वास लिएको छ ।

सुझावित समाचार