नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३’ बाट नेपाल एसबिआई बैंक सम्मानित भएको छ ।
बैंकले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरकोेमा आइक्यानले बैंकलाई उक्त प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई उक्त अवार्ड प्रदान गरेका थिए ।