ग्लोबल आइएमई र ईशान अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक र ईशान बाल तथा महिला अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकले औषधि–उपचारका लागि ईशान अस्पतालको सेवामा १० प्रतिशतसम्म छुट पाउने सम्झौतापत्रमा उल्लेख छ । 

अस्पतालले बैंकका ग्राहकलाई शड्ढया शुल्क, डायग्नेस्टिक, ओपिडीलगायतका सेवा साथ–साथ आकस्मिक सेवामा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । यो सम्झौतापछि बैंकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवा–सुविधा उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्न ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको अस्पतालका निर्देशक प्रोे.डा. रामनन्दन पी चौधरीले बताए ।

बैंकका प्रमुख बजार अधिकृत पोखरेलले ईशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने बताए । 

सुझावित समाचार