काठमाडौं जाँदै गरेको माइक्रोबस डिभाइडरमा ठोक्किँदा तीनजना घाइते

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

नवलपरासी पूर्वको कावासोतीवाट काठमाडौं जाँदै गरेको माइक्रोबस चितवनको जलबिरेमा दुर्घटना हुँदा तीनजना यात्रु घाइते भएका छन । इच्छाकामना गाउँपालिका– ६, जलबिरेनजिक ग.१ ख ९१५५ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । माइक्रोमा सवार १७ जनामध्ये तीनजना यात्रु घाइते भई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर  ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

घाइते हुनेहरूमा नवलपुर कावासोती नगरपालिका– ५ बस्ने वर्ष ६० की सन्तुमाया कुमालको खुट्टामा चोट लागेको छ भने उदयपुर गाईघाट नगरपालिका– १५ बस्ने १९ वर्षको जेनिस बस्नेतको अवस्था मध्यम छ । तर, माइक्रोको सहचालक कावासोती नगरपालिका– ८ बस्ने वर्ष ३६ का धनश्याम न्यौपाने गम्भीर भएको प्रहरीले जनाएको छ। माइक्रो बसमा पूर्ण रूपमा क्षति भएको छ। 

यता बिहानकै समयमा  चितवनकै राप्ती नगरपालिका– २ गँड्यौलीचोकस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ ख २४२४ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको प्रदेश २९०३९००१ च २९५७ नम्बरको केरा बोकेको बाेलेरोले ठक्कर खाँदा बाेलेरोचालक जिल्ला बारा जितपुर उपमहानगरपालिका– ३ बस्ने वर्ष २७ को प्रदीप तिमिल्सिनाको मुख र ढाडमा चोट लगेको छ। बाेलेरोको अगाडिको भागमा क्षति पुगेको छ।   दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्।
 

सुझावित समाचार