रास्वपा सांसद श्रेष्ठको चुनौती– भुटानी शरणार्थी प्रकरणमा बोल्ने आँट छ ?

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मानव तस्करीजस्तो ठूलो आरोप लगाउनुअघि विचार गर्न आग्रह गरेकी छिन्।

उपसभामुख इन्दिरा रानामाथिको आरोपबारे आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिम्मत भए नक्कली भुटानी शरणार्थी प्रकरणमा बोल्न चुनौती दिइन्।

‘मानव तस्करीजस्तो ठूलो आरोप तपाईंहरूले यस्तो आनन्दका साथ डिक्लेयर गर्नुभयो । डिक्लेयर गर्नुस् न त भुटानी शरणार्थी कसले गरेको हो भनेर । त्यो आँट छ ? एउटा महिला जसले यस्तो डिफिकल्ट टाइमबाट यहाँ आउनुभएको छ, उहाँलाई हेप्न नखोज्नुहोला,’ सांसद श्रेष्ठले भनिन्।

उपसभामुख रानाको नामबाट मिडिया ट्रायल भइरहेको भन्दै उनले आपत्ति जनाइन्।

कुनै अमुक व्यक्तिलाई भिसा दिलाउन सांसदहरूले नै पुत्ला जलाएर आमसभा गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले भनिन्, ‘सदनबाटै, सडकबाटै एउटा अमुक व्यक्तिलाई भिसा चाहियो भनेर पुत्ला जलाउँदै आमसभा गरेको यही ठाउँबाट एमपीहरूले होइन ? यदि हामीले आचरणको कुरा गर्छौँ भने सबैजनाको आचरण हेरौँ,  सबैजनाको लेटरहेडबाट के–के निस्केको छ हेरौँ ।’

सुझावित समाचार