सत्तारूढ दल कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानामाथि छानबिन आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै खतिवडाले अमेरिकी दूतावासलाई उपसभामुखले लेखेको पत्र र उपसभामुखको नियतमाथि छानबिन आवश्यक रहेको बताएका हुन्।
उपसभामुखको गतिविधिले संसद्को मात्र नभई देशको अपमान गरेको जिकिर उनको छ। ‘संसद्को मात्रै होइन देशको अपमान भयो। यसमा छानबिन हुनुपर्छ,’ उनले भने, ‘प्रतिरक्षाको तुरुप देखाएर जग हँसाउनुभन्दा उपसभामुखले संसदभन्दा बाहिर बसेर छानबिनका लागि सहयोग गर्नुपर्छ।’