सिटिजन्सका ग्राहकलाई बुद्ध एयरमा छुट

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले बुद्ध एयरमा छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिनेबारे बैंक र बुद्ध एयरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउने समझदारीपत्रमा उल्लेख छ ।

सो छुट बुद्ध एयरका सबै कार्यालयका काउन्टरबाट प्राप्त हुनेछ । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । 
 

सुझावित समाचार