चुनावी र्यालीमा डोनाल्ड ट्रम्पको हत्याप्रयासबीच पूर्वराष्ट्रपतिको अनुहार रगतले लतपतियो । तर, संयोगवश गम्भीर चोट भने लागेन । दर्शकदीर्घाका एक सदस्य र बन्दुकधारीको मृत्यु भयो । अन्य दुई दर्शक गम्भीर रूपमा घाइते भए । केही घन्टापछि एक संक्षिप्त पत्रकार सम्मेलनमा दुई नेताबीचको दुस्मनीको एउटा दुर्लभ ब्रेकमा उनलाई ‘डोनाल्ड’ (जसको अर्थ संसारको शासक भन्ने हुन्छ) भन्दै राष्ट्रपति जो बाइडेनले गोलीबारीको निन्दा गरे । बाइडेनले आफ्ना प्रतिद्वन्द्वीप्रति सहानुभूतिसमेत व्यक्त गरे ।
मूलधारका राजनीतिक व्यक्तित्वहरू र राजनीतिक क्षेत्रका पण्डितहरूले पनि तुरुन्तै ट्रम्प र अन्य पीडितप्रति चिन्ता व्यक्त गरे । उनीहरूले राजनीतिक हिंसाको उक्त कार्यको निन्दा गरे । यसविपरीत सोसल मिडियामा धेरै मानिस षड्यन्त्रमूलक सिद्धान्तको व्याख्या गर्न हतारिएका थिए । संघीय अनुसन्धान ब्युरो एफबिआईले मृतक बन्दुकधारी (२० वर्षीय थोमस म्याथ्यु क्रुक्स) स्पष्ट रूपमा रिपब्लिकन पार्टीमा दर्ता भएका एक सदस्यको रूपमा पहिचान गरेपछि पनि ट्रम्पका आलोचकले योजनाबद्ध ढंगले आक्रमण गरिएको अनुमान गरे । ट्रम्पका समर्थकले भने वामपन्थी आक्रमणको शंका गरे ।
दुवै पक्षमा रहेको शंकाले संयुक्त राज्यमा रहेको गहिरो राजनीतिक विभाजनलाई प्रतिनिधित्व गर्छ । राष्ट्रपति निर्वाचनका दुई अभियानहरूले निःसन्देह आगामी दिनमा उक्त घटनाबाट अधिकतम लाभ उठाउने प्रयास गर्नेछन् । तर, आफ्नो राजनीतिक लाभको खोजीमा दुई पार्टीले राजनीतिक हिंसाको ठूलो वृद्धिलाई बेवास्ता गर्नु हुँदैन । हिंसालाई तत्काल सम्बोधन गर्न आवश्यक छ ।
राष्ट्रपति दौड पुनः संगठित
उक्त घटनाबाट पूर्वराष्ट्रपति ट्रम्प विजयी भए । सुरक्षा एजेन्टहरूले स्टेजबाट बाहिर लैजान खोज्दा उनले बेइमानपूर्वक आफ्नो मुठी कसेर आकाशतर्फ फर्काए भने उनका समर्थकले ‘संयुक्त राज्य अमेरिका, संयुक्त राज्य अमेरिका !’ भनेर नारा लगाए । पूर्वराष्ट्रपतिले सर्वसाधारण र सञ्चारमाध्यमको ध्यानाकर्षण गरिरहेका छन् । ट्रम्पमा जे ध्यानाकर्षण भइरहेको छ, त्यसलाई बाइडेन अभियानले पनि चाहेको छ । किनकि ह्वाइटहाउस र संज्ञानात्मक क्षमताका लागि बाइडेनको उमेरप्रतिको धेरैको चासोले राष्ट्रपतिको समर्थनलाई कमजोर बनाएको छ । अब आशा छ कि ट्रम्पप्रति सबैको ध्यानाकर्षणले उनको चरमपन्थी, कानुनी समस्या र रिपब्लिकन पार्टीको दक्षिणपन्थी एजेन्डालाई प्रकाश पार्नेछ । विस्तृत परियोजना २०२५ का लागि व्याख्या गरिएको यस एजेन्डाबाट उनले आफूलाई टाढा राख्न असफल प्रयास गरेका छन् । डेमोक्य्राटहरूले विश्वास गर्छन् कि यसले परिवर्तित मतदाताहरू (स्विङ भोटर्स)लाई ट्रम्पबाट टाढा लैजान प्रोत्साहित गर्न सक्छ ।
ट्रम्प यस हत्याप्रयासको सिकार भए पनि उनी यस्ता उम्मेदवार हुन्, जो राजनीतिक हिंसालाई प्रोत्साहित गर्ने विषयसँग सम्बन्धित छन्, उनका समर्थकबाट जनवरी ६ को विद्रोहको क्रममा क्यापिटल हिलमा आक्रमण भएको थियो । उक्त घटनाबाट तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी पूर्वसभामुख नेन्सी पेलोसीका पति पनि प्रभावित भएका थिए । तर, उल्लेखनीय रूपमा पूर्वसभामुख पेलोसी ट्रम्पमाथि भएको बन्दुक हमलाबारे टिप्पणी गर्ने पहिलो राजनीतिक व्यक्तित्वमध्ये एक थिइन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गरिन् कि ‘मलाई थाहा छ कि कुनै पनि प्रकारको राजनीतिक हिंसाको हाम्रो समाजमा कुनै स्थान छैन ।’
बाइडेन अभियानले राष्ट्रपतिको संज्ञानात्मक क्षमताहरूको मिडिया जाँचमा ब्रेक पाएपछि घटनाबाट उत्साहित ट्रम्प रिपब्लिकनको राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन्, जहाँ उनको उम्मेदवारीको अन्तिम टुंगो लागेको छ । उनले सम्भव भएसम्म हत्याको प्रयासलाई पुँजीकरण गर्न सम्मेलनलाई प्रयोग गरेका छन् ।
ध्रुवीकरण र हिंसा
सन् २०२० मा पुनः निर्वाचित हुने अभियानमा विफल भएपछि पूर्व राष्ट्रपति ट्रम्पले ‘चुनावमा हस्तक्षेप’ भएको निराधार दाबी गर्दै र उनीविरुद्ध सुरु गरिएका सबै कानुनी मुद्दालाई राजनीतिक उत्पीडनको रूपमा चित्रित गर्दै आफूलाई बाइडेन प्रशासनको निसानाको रूपमा प्रस्तुत गरेका छन् । गोप्य कागजात फेरि प्राप्त गर्न उनको मार–ए–लागो निवासमा सन् २०२२ मा संघीय अनुसन्धान ब्युरो (एफबिआई)को छापा संघीय एजेन्टहरूले उनको हत्या गर्ने प्रयास थियो भन्ने विवरणलाई ट्रम्पले प्रश्रय दिएका छन् । ट्रम्पको आधार उनलाई हानि पुर्याउने कुनै पनि कार्यमा तत्काल प्रतिक्रिया दिनु रहेको छ । उदाहरणका लागि मे महिनामा न्युयोर्कको एक निर्णायक मण्डलले अपराधको आरोपमा दोषी ठहर गरेपछि समर्थकले जुरीमाथि आक्रमण, न्यायाधीशको मृत्यु र दंगाका लागि आह्वान गरे ।
गत शनिबारको चुनावी र्यालीमा गोली हानाहान भएको घटनास्थलमा रहेका पत्रकारले घटनालगत्तै भिडबाट धम्की र गाली गरेको रिपोर्ट गरेका थिए । एक्सियोसका एक रिपोर्टरले सुरक्षा गार्डहरूले रोक्नुअघि ट्रम्पका केही समर्थकले मिडिया क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको देखे ।
अहिलेसम्म ट्रम्पले आफ्नो बयानबाजीलाई व्यावहारिक बनाउने गरेका छन् । उनले एकता र ‘खराबलाई जित्न नदिन’ आह्वान गरेका छन् । ट्रम्प षड्यन्त्रमूलक सिद्धान्तहरू र ध्रुवीकरण सन्देशमा रमाउँछन् भन्ने कुरालाई मनन गर्दै यो हेर्न बाँकी छ कि उनले गोलाबारीपछि आफ्नो आधारलाई निरुत्साहित गर्नेछन् ।
ट्रम्पसँग देशको शान्ति र सुरक्षालाई आफ्नो व्यक्तिगत महत्वाकांक्षाभन्दा अगाडि राख्ने अवसर छ । सायद मृत्युको नजिक आउँदा आफ्ना समर्थकलाई उत्तेजित गर्ने उनको दृष्टिकोण परिवर्तन हुनेछ । होइन भने शनिबारको गोलाबारी अमेरिकाका लागि धेरै खतरनाक समयको सुरुवात हुन सक्छ । हामीले उनका समर्थक काल्पनिक दमनमा जनवरी ६ मा सामूहिक हिंसामा संलग्न भएको देखेका छाैँ । त्यहाँ अन्य कलाकार छन् । दक्षिणपन्थी संगठनहरू, जस्तै प्राउड बोइज (जो राजनीतिक हिंसामा संलग्न छन्) र विभिन्न व्यक्तिगत कट्टरपन्थीहरू छन्, जसले सामूहिक गोलीबारी र अन्य आक्रमण गरेका छन् ।
षड्यन्त्र सिद्धान्त र दक्षिणपन्थीभित्र सर्वनाशिक बयानबाजीको फैलावटले त्यस्ता हिंसात्मक कार्यलाई प्रोत्साहित गरेको छ । हत्याप्रयासले हिंसात्मक कट्टरपन्थीको आगोमा घिउ खन्याउन सक्छ । त्यसकारण ट्रम्प र उनका रिपब्लिकन सहयोगीका साथै बाइडेन र डेमोक्य्राटका लागि देशमा बढ्दो ध्रुवीकरणलाई सम्बोधन गर्न महत्वपूर्ण छ । राजनीतिक हिंसा अमेरिकी राजनीतिको मुख्य भाग बन्नु हुँदैन ।
शनिबारको गोलीबारी एउटा त्रासदी थियो, जुन अमेरिकी इतिहासको सबैभन्दा कालो दिन बन्नबाट केही इन्च मात्र कम थियो । यो यस वर्षको राष्ट्रपतिको दौड र हाम्रो राजनीतिको प्रकृतिका लागि पनि एक प्रभावकारी बिन्दु थियो । वर्तमान र पूर्वराष्ट्रपतिहरू प्रत्येकसँग अमेरिकी समाजमा तनावको यो वृद्धि रोक्न र अमेरिकी राजनीतिमा शान्ति र शिष्टता सुनिश्चित गर्ने अवसर छ ।
रोडेस हार्वर्ड युनिभर्सिटीका गभर्मेन्ट र बोस्टन युनिभर्सिटीका सोसल साइन्सका लेक्चरर हुन् । – अलजजिराबाट