भरतपुरको बोस्टन कलेजमा ‘बिएचएम’ अध्ययन हुने

शनिबार, ५ साउन, २०८१
डिजिटल संस्करण

भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) कोर्स सुरु गरेको छ । बिबिए, बिबिए–फाइनान्स, बिसिएस आइटी र एमबिएमा गोल्डमेडलिस्टसहितको उत्कृष्ट नजिता दिँदै आएको बोस्टन इन्टरनेसनल कलेजले शुक्रबार एक औपचारिक कार्यक्रम गरी बिएचएम कोर्स सुरु भएको जानकारी दिएको हो । पोखरा विश्वविद्यालयमा सम्बन्धनप्राप्त बोस्टनले १५ वर्षदेखि अध्यापन गराउँदै आएको छ ।

बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई सघाउ पुर्याउने उद्देश्यले नयाँ कार्यक्रम थपेको बताए । विद्यार्थीलाई दक्ष बनाउन प्रयोगात्मक कक्षामा विदेशी प्राध्यापकलाई कलेजमा जोडेको उनले जानकारी दिए । कलेजले आइटिसी होटेलमा ३० वर्षभन्दा बढी अनुभव हासिल गरेका मनोज विरमानीलाई अनुबन्ध गरिसकेको जानकारी दिँदै अध्यक्ष चन्दले पाँचतारे होटेलहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा हुने सम्पूर्ण सुविधा र पूर्वाधारसमेत तयार गरेर बिएचएम कोर्स सुरु गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका पर्यटन सल्लाहकार डा. विश्व सुवेदीले नेपालको संस्कृति, सभ्यातासँग जोडिएको शिक्षालाई कलेजले पाठ्यक्रममा राखेर यस क्षेत्रका विद्यार्थीमा नयाँ उत्साह थपेको बताए । 

सुझावित समाचार