जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ।
पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनीषकुमार सुमनले जानकारी दिए।
‘जसपाले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन्छ । तर, पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन,’ उनले भने, ‘भोलि शनिबार वा आइतबार बिहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ।’
प्रधानमन्त्री ओलीले ६ साउनमा बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। संविधानको धारा ७६(२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।