आलीबाट लडेका तुम्सिङको मृत्यु

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिकामा आलीबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– १८ हर्नाफाँटका ७१ वर्षीय प्रेमबहादुर तुम्सिङ रहेको मकवानपुर प्रहरीले जनाएको छ।

तुम्सिङ हर्नाफाँटस्थित आफ्नो घरबाट करिब पाँच सय मिटर पूर्वमा रहेको छिमेकीको खेतको आलीबाट लडेका थिए। छिमेकीको खेतको आलीबाट लडेर खेतको हिलोमा घोप्टे परेको अवस्थामा उनलाई फेला पारेको प्रहरीको भनाइ छ। 

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौँडाबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सुझावित समाचार