युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

एसिसी महिला एसिया कपको आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। 

शुक्रबार श्रीलंकाको दम्बुलामा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन बनाएको हो। युएईको इनिङ्समा अलराउन्डर खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । ३९ बलमा दुई चौका हिर्काएकी खुसीलाई कप्तान इन्दु बर्माले कृतिका मरासिनीबाट क्याच गराएकी हुन्। 

त्यसबाहेक कभिसा इगोडेजले २२ रन, समाइरा धर्निधारर्काले १३ र कप्तान इशा ओजाले १० रन बनाइन्। 

नेपालका लागि कप्तान इन्दु बर्माले तीन तथा सवनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट लिए। इन्दुले चार ओभरमा १९ रन खर्चिन्। 

समूह ‘ए’मा नेपाल र युएईसँगै सातपटकको च्याम्पियन भारत तथा पाकिस्तान छन् । समूहका दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले तेस्रोपटक एसिया कप खेल्दा हालसम्म जित निकाल्न सकेको छैन।

सुझावित समाचार