नासाको रोबोट चलाउने प्रतियोगितामा नेपाली युवाकाे टाेली फाइनलमा

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

इन्टरनेसनल स्पेस स्टेसन (आइएसएस)मा हुने रोबोट प्रतियोगितामा पहिलोपटक नेपाली युवा फाइनलमा प्रवेश गरेका छन्। किबो सिमुलेसनमा उत्कृष्ट अंक ल्याएर प्रथम भएको नेपाली युवाको टिम फाइनलमा प्रवेश गरेको हो।

नेप्लिज स्पेस रिसर्च एसोसिएसनले नेपालमा प्रतिस्पर्धा गराएको थियो। प्रत्येक वर्ष आयोजना हुने इन्टरनेसनल स्पेस स्टेसनको प्रतियोगिताको यो पाँचौँ संस्करण हो। गत फेब्रुअरी १९ बाट सुरु भएको उक्त प्रतियोगिताको अन्तिम नतिजा आगामी अक्टोबरको पहिलो साता आउनेछ।

नेपाली युवाहरूले टिम पिजिएस ग्रुप खडा गरी उक्त प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगितामा ई. शशांकश्री न्यौपाने, ई. अतिश शाक्य, सन्जु पौडेल, गौरव राउत, गमन अर्याल सहभागी छन्।

‘नेपाललाई प्रतिनिधित्व गर्दे यस प्रतियोगितामा पहिलोपटक सहभागी भएर फाइनलमा पुग्दा हामीलाई गौरव लागेको छ,’ न्यौपानेले भने। किबो रोबोर्ट प्रोग्रामिङ च्यालेन्ज प्रतियोगितामा नासाद्वारा निर्मित एस्ट्रोबी नामक स्वचालित रोबोटलाई नासाको ग्राउन्ड स्टेसनबाट कमान्ड र कोड पठाउनुपर्नेछ। त्यस रोबोटले आइएसएसमा भएका अन्तरिक्षयात्रीहरूको दैनिकीमा मद्दत गर्नेछ।

संयुक्त राष्ट्रसंघको प्रतिनिधिसहित विश्वका ११ मुलुकका युवाहरू सहभागी प्रतियोगितामा प्रथम हुने लक्ष्यमा रहेको प्रतियोगितामा सहभागी नेपाली टिमका युवा शाक्यले बताए।

See More On

सुझावित समाचार