यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज भरतपुर र धरानमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । दुवै स्थानमा सञ्चालनमा आएका सोरुमले यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’ लाई ग्राहकले यामाहाको ग्लोबल मोटर स्पोर्ट लिगेसीलाई आत्मसात् गर्दै आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ब्लु कलरले यामाहा ब्रान्डको रंगलाई जनाउँछ भने स्क्वायरले वान स्टप बाइङ जंक्सनलाई जनाउँछ, जहाँ ग्राहकले एकैठाउँबाट मोटरसाइकल र स्कुटरका सरसामान र कपडा खरिद गर्न पाउने सुविधाको अनुभव लिन सक्नेछन् । यस सोरुममा ग्राहकले परिष्कृत सेवा अनुभव गर्नुका साथै छिटो र निजीकृत सेवा प्रदान गरिने जानकारी गराइएको छ । यामाहाका ग्राहकले अझ नजिकबाट यामाहा ब्रान्ड र उपलब्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल प्रविधिमार्फत क्युआर कोड स्क्यान गरेर ब्रोसरहरू प्राप्त गर्न सक्नेछन् ।