इतिहासमा आज

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

सन् २०१२ : किम जोङ–उन औपचारिक रूपमा उत्तर कोरियाका सर्वोच्च नेता चुनिए ।

सन् १९१४ : गान्धीको २१ वर्ष लामो दक्षिण अफ्रिका बसाइ आजैबाट अन्त्य भयो ।

सन् १९२५ : जर्मन तानाशाह एडोल्फ हिटलरको आत्मकथा ‘मेन केम्फ’ प्रकाशित । सुरुमा पुस्तकको नाम ‘झुट, मूर्खता र कायरताविरुद्ध साढे चार वर्ष लामो (संघर्ष)’ थियो । 

सन् १९४७ : बेलायतका राजा जर्ज छैटौँले ‘इन्डियन इन्डिपेन्डेन्स एक्ट (भारतीय स्वतन्त्रता विधेयक)’मा हस्ताक्षर गरे ।

सन् १९९३ : जापानमा सम्पन्न संसदीय निर्वाचनमा सन् १९५५ देखि लगातार सरकारमा रहेको ‘लिबरल डेमोक्रेटिक पार्टी(एलपिडी)’ले बहुमत गुमायो ।  

सन् १९९४ : दुई दिनअघिदेखि बृहस्पतिमा झर्न थालेका सुमेकर–लेभी नामक ध्रुवताराका टुक्रामध्ये सबैभन्दा ठूलो टुक्रा आजकै दिन बृहस्पतिमा सहतमा ठक्कर खायो । 

सुझावित समाचार