परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको शिष्टाचार भेट

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

परराष्ट्रमन्त्री राणा र चिनियाँ राजदूत चेनबीच बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो।

शिष्टाचार भेटमा चिनियाँ राजदूतले परराष्ट्रमन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्रमन्त्री राणा र चिनियाँ राजदूतबीच नेपाल–चीन सम्बन्ध र सहयोगका विभिन्न आयाममा छलफल भएको जनाएको छ।

सोमबार परराष्ट्रमन्त्री नियुक्त भएकी डा. राणासँग शिष्टाचार भेट गर्ने चिनियाँ राजदूत चेन दोस्रो राजदूत हुन्। यसअघि भारतीय राजदूतले राणासँग हिजो भेटवार्ता गरेका थिए।
 

सुझावित समाचार