ढुंगाले हानेर १८ वर्षीय छोराले गरे ४३ वर्षीय बुबाको हत्या

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोतीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कावासोती- ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले आज बिहान आफ्नै बुबा ४३ वर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।

आफ्नै घरअगाडि रहेको नालीनजिक बसेका बाबुमाथि छोराले ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  शव अहिले घटनास्थलमै छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

See More On

सुझावित समाचार