विभिन्न घटनामा परी अछाममा तीनजनाको मृत्यु

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

विभिन्न घटनामा परी अछाममा तीनजनाको मृत्यु भएको छ । मंगलसेन, साँफेबगर र तुर्माखाँदमा भएका विभिन्न घटनामा तीनजनाको मृत्यु भएको हो । मंगलसेन नगरपालिका– ३ लाछिमानाको गाध्य भिरबाट खसेको ढुंगाले लागेर स्थानीय ३६ वर्षीया बसन्ती बोगटीको मृत्यु भएको छ ।

बाख्रा चराउन जंगल गएको वेला माथिबाट खसेको ढुंगाले लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । बोगटीका दुई छोरी एक छोरा छन् । 

यस्तै, अछामको तुर्माखाँद गाउँपालिका- ३ भैरवस्थान लकान्द्रकी १३ वर्षीया कल्पना बुढाको सर्पले टोकेर मृत्यु भएको छ । उनी भैरव मावि लकान्द्रमा कक्षा ५ मा अध्ययनरत थिइन् । 

यता, अछामको साँफेबगर नगरपालिका- १४ नरिसरा ठूलो ढुंगास्थित खप्तड राष्ट्रिय निकुञ्जको जंगलमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको छ । नेपाली सेनाको राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको टोलीलले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । 
 

See More On

सुझावित समाचार