बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सो बैठकले कार्यसूची तयार गरी बैठकमा प्रस्तुत गर्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

मुख्यमन्त्री जम्कट्टेलको मन्त्रिपरिषदमा एमालेका तर्फबाट समावेश पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा छन्। जम्कट्टेलको नेतृत्वमा रहेको सरकारमा अहिले माओवादीका दुई, एकीकृत समाजवादीका तीन र हाम्रो नेपाली पार्टीका एक गरी ६ मन्त्री छन्।

सुझावित समाचार