प्रधानमन्त्री ओलीलाई बेलायतको शुभकामना

सोमबार, ३१ असार, २०८१
डिजिटल संस्करण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायतले शुभकामना दिएको छ। काठमाडौंस्थित बेलायती दूतावासले सामाजिक संजालमार्फत ओलीलाई बधाई ज्ञापन गरेको हो।

नेपाल–बेलायतको सम्बन्ध थप सुदृढ हुने आशा व्यक्त गर्दै दूतावासले लेखेको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली र नवगठित सरकारलाई बधाई तथा शुभकामना । हामी आगामी दिनहरूमा हाम्रो लामो समयदेखिको बेलायत–नेपाल सम्बन्धलाई अझ सुदृढ पार्ने आशा गर्दछौँ।’

सुझावित समाचार