एनसेलको ‘बिज सधैँ अन’ प्लान

आइतबार, ३० असार, २०८१
डिजिटल संस्करण

जिएसएम मोबाइल सेवाप्रदायक एनसेलले नेपाली व्यवसाय जगत्लाई ध्यानमा राखी डिजाइन गरिएको ‘बिज सधैँ अन’ योजना सञ्चालनमा ल्याएको छ । नेपाली उपभोक्तालाई ‘सधैँ अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल भएको कम्पनीले जनाएको छ । 

नेपाली उद्योग, संघ–संस्था, ठूला–साना तथा मझौला व्यवसायहरूलाई आ–आफ्नो क्षेत्रमा सधैँ अनको प्रयोगमार्फत व्यापार–व्यवसाय बढाउन सहयोग पुर्याउनु ‘बिज सधैँ अन’को उद्देश्य रहेको छ । अनावश्यक रूपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवा पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाका साथ महिनाभरि निर्धक्क सेवा पाइने यसको मुख्य विशेषता रहेका छन् । 

‘उद्योगको विकास भइरहेको छ र कम्पनीहरूको माग बढ्दै गएको छ । सिंगापुर, दुबई र हाम्रो छिमेकी राष्ट्र भारतजस्ता देशहरू फाइभजी, आइओटी, क्लाउड र एआईजस्ता आविष्कारका कारण द्रुुत गतिमा अगाडि बढिरहेका छन् । यी आविष्कारको मद्दतले व्यवसायहरू कसरी सञ्चालन गर्ने, ग्राहकसँग कसरी अन्तक्र्रिया गर्ने र प्रभावकारिता बढाउने भन्नेजस्ता विषयमा क्रान्तिकारी परिवर्तन गरिरहेका छन् । एनसेलले पनि उद्यमका पीडा–मर्कालाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार–व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसन उपलब्ध गराउन काम गरिरहेको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । 

एनसेलले आमउपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवादेखि लिएर नेपाललाई फाइभजीजस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय सञ्चालनमा फाइदा पुर्याउने सोलुसनहरूमा पहुँच पुर्याउने लक्ष्य राखेको छ । फाइभजीले अत्याधुनिक प्रविधि सञ्चालनमा ल्याउन सक्षम बनाउँछ, जसले अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्न सक्छ र डिजिटल नेपाल निर्माणका लागि मार्गप्रशस्त गर्दै योगदान गर्न सक्छ ।

सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारका रूपमा एनसेलले नेपालका बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी, होटेल, व्यवसायी र थुप्रै ठूला–साना तथा मझौला उद्योगहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिस प्रदान गर्दै आएको छ । 

‘बिज सधैँ अन’ प्लान
एनसेलले उद्यमी–व्यवसायीका लागि मासिक रेन्टलमा ‘बिज सधैँ अन’ प्लानअन्तर्गत चार सय ९९ देखि एक हजार नौ सय ४९ सम्मका पाँचवटा प्लान ल्याएको छ । यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्स गेट प्ले र मेरो लगानी एप पनि बन्डल गरिएको छ । लायन्स गेट पब्लिक ट्रेडेड कन्टेन्टमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयर बजारमा भएको नाफा–नोक्सान ट्र्याक गर्छ । 
 

See More On

सुझावित समाचार