पहिलो र दोस्रो दल मिल्नु लोकतन्त्रमाथि खतरा निम्त्याउने प्रयास हो : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण
पहिलो र दोस्रो दल मिल्नु लोकतन्त्रमाथि खतरा निम्त्याउने प्रयास हो : प्रधानमन्त्री प्रचण्ड

तस्बिर : संजित परियार/नयाँ पत्रिका ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय लोकतन्त्र भएका देशमा प्रमुख प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाएका उदाहरण कमै देखिने बताएका छन्। 

प्रतिनिधिसभामा सरकारलाई विश्वासको मत लिन प्रस्ताव पेस गर्दै प्रधानमन्त्रीले एउटा विशेष परिस्थितिमा भूकम्पको वेला, संविधान बनाउने वेला मात्र विगतमा त्यसरी मिलेको जिकिर गरे। 

‘संसारको अभ्यासले देखाएको छ, पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदा त्यसले लोकतन्त्रमाथि खतरा निम्त्याएको छ,’ उनले भने, ‘वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ। लामो संघर्ष र बलिदानबाट नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने प्रयास गर्दै हुनुहुन्छ। जनताले त्यसको हिसाबकिताब राखेका छन्।’
 

सुझावित समाचार