तीनजना उछिट्टिएर बाँचेकाको बयानका आधारमा हामी खोजीकार्य गरिरहेका छौँ : सिडिओ

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण
तीनजना उछिट्टिएर बाँचेकाको बयानका आधारमा हामी खोजीकार्य गरिरहेका छौँ : सिडिओ

घटनाबारे बयान दिँदै दुर्घटित बसका यात्रु

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।

तर, चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भने अहिलेसम्म कोही पनि आफ्नो मान्छे सम्पर्कविहीन भएको भनेर सम्पर्कमा नआएको बताउँछन् । उनले बसबाट उछिट्टिएर बाँचेको भन्दै आएका तीनजना व्यक्तिको अभिव्यक्तिले प्रशासन खोजीकार्यमा लागेको उल्लेख गरे ।

अहिले घटनास्थलमा गोताखोरको टोलीले खोजतलास गरिरहेको छ । दुर्घटनानजिकै बसोवास गर्दै आएका जंगबहादुर र रुकमाया मगरदम्पतीले राति बत्तीजस्तो देखिने चिज खोलामा बगेको आफूहरूले देखेको उल्लेख गरेका छन् ।

See More On

सुझावित समाचार