पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। कालीकोटको शुभकालिका गाउँपालिका– १ स्थित गगनेखोलामा आएको पहिरो पन्छाएपछि मंगलबार दिउँसोबाट कर्णाली राजमार्ग खुलेको हो।
पहिरोका कारण आएका ठूलाठूला ढुंगाहरू पन्छाएर सडक खुलाइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए।
‘हेभी इक्विपमेन्ट डिभिजन नेपालगन्जबाट खटाइएको ह्विल एक्स्काभेटर (ब्रेकर) र ब्याकहो लोडर मेसिन तथा सडक डिभिजन सुर्खेतबाट थप एक ब्याकहो लोडर मेसिनको प्रयोग गरिएको थियो,’ मण्डलले भने, ‘अहिले सडक एकतर्फी खुलेको छ। दुईतर्फी खुलाउन थप काम भइरहेको छ।’