दोदानदीले लालझाडी, पुनर्वास र बेलौरीका सयौँ घर डुबानमा

सोमबार, २४ असार, २०८१
डिजिटल संस्करण

दोदानदीमा आएको बाढीले कञ्चनपुरका दर्जनौँ गाउँबस्ती डुबानमा परेका छन्। चार दिनदेखि अविरल परिरहेको भीषण वर्षाले दोदानदीमा बाढी आएपछि बस्ती डुबानमा परेका हुन्।

गएरातिदेखि दोदानदीले लालझाडी, बेलौरी र पुनर्वास नगरका दर्जनौँ गाउँबस्ती डुबानमा परेका छन्। दोदानदी गाउँ पस्दा लालझाडीको कञ्ज, बेलौरीको भकुण्डा, पुनर्वास– ५ सिमरी, रातोपुल, पुनर्वास– २ मोतीबस्तीका सयौँ घर डुबानमा परेका छन्।

दोदानदी गाउँ पस्दा पूर्व–पश्चिम र हुलाकी राजमार्गसमेत अवरुद्ध भएको छ।

दोदाबाट विस्थापित भएका घरपरिवारलाई पुनर्वास– ५ चन्द्रवाला आधारभूत विद्यालयमा राखिएको छ। पुनर्वास नगरपालिका विपत् व्यवस्थापन संयोजक होमनाथ ढकालले बाढीबाट विस्थापितलाई सुरक्षित स्थानमा सारिएको बताए।

See More On

सुझावित समाचार